असबीर सारुमगर÷पाल्पा हाल जुम्ला,
अन्यत्र झैजुम्ला जिल्ला भित्र संचालित सबै शैक्षिक संस्थाहरु बन्दछन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले कोरो*नाभाइ*रस् संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशभरका शैक्षिक संस्थाहरु २०७६ चैत्र मसान्त सम्मका लागिबन्द गर्ने सूचना जारी गरेसँगै यहाँका विद्यालयहरु बन्दभएकाहुन् । शैक्षिक संस्थाहरु बन्दभएपछि अध्ययनरत लाखौँ विद्यार्थीहरु फूर्सदिला बनेका छन् । यो फुर्सदको समय कटाउने शैलीविद्यार्थी पिच्छे फरक फरक छ । कोहीतीन चार जनाको समूहबनाएर थरिथरिका खेलहरु खेलिरहेका देखिन्छन भने कोही अभिभावकहरुको गफ सुन्दैआफ्नै धूनमा यताउता गरिहेका छन् । अभिभावकहरु सँगै खेतबारीमा काम गरिरहेका बालबालिकापनि देखिन्छ । तर चन्दननाथनगरपालिकावडा नंं ४ भारती वडाका बालबालिकाको समय कटाउने एकदिने शैली बेग्लै थियो । उनीहरुको त्यो शैली थियो बनभोज कार्यक्रम । कक्षा४ मा अध्ययनरत बालबालिकाले वनभोज कार्यक्रम गरेर रमाइलो गरे । धेरै भीडभाडमा जाननहुने भन्दै चार जनाको समूह बनाए र वनभोजको योजना बनाए । वनभोज कार्यक्रमका लागि उनीहरुले ५०÷५० रुपियाँ उठाएकाथिए । आवश्यक चामल, साग, नून तेल घरैबाट जुटाए । जम्मा गरेको पैसाले अण्डा, जुस् आदि किने । अनि तयार भयो प«mाइ राइस्, सागको तरकारी र जुस् । उमेरले उनीहरु नौ÷दशवर्षमा टेक्दैछन् । तथापि आफै सामग्रीहरु जुटाए, उनीहरुको रुचिअनुसार खानाका परिकारहरु बनाए र रमाइलो गर्दै स्वादमान्दै खाए । वनभोजका प्रस्तापक कोशिश कार्कीलाई घरको खानाभन्दा स्वादिलो लाग्यो । तर अर्की सहभागी क्रिष्टिनालाई भने आमाको हातबाट बनेको खाना जत्तिको मिठोलागेन रे । एउटै उमेर समूहका यी बालबालिकाले यसअघि यसरी आफै पकाएर रमाइलो गर्दै खाएको अनुभव थिएन । पहिलो पटकको यो वनभोज उनीहरु आफै योजनाबनाए, सामग्रीजुटाए, मिलीजुलीपकाए र खाए ।
कोरो*ना भाइ*रसको बारेमा पनि उनीहरुले राम्रो जानकारी भएको पाइयो । वनभोज कार्यक्रमका सहभागी रबिना बोहोराका अनुसार को*रोना भाइर*सको संक्रमणबाट जोखिन बेलाबेलामा साबुनपानीले मिचीमिचीहातधुनुपर्छ अनि मास्कलगाउनु पर्छ । “भीडभाडभएको स्थानमा नजाने” कक्षा४ मा अध्ययरत विद्यार्थी कोशिस कार्कीले भने । “माछा, मासु, अण्डा राम्रोसँग पकाएर खाने अनि फलफूल, साग सब्जी राम्रोसँग धोएर खाने अनि पकाउने”,किष्टिना कार्कीले थपिन् । को*रोना भाइ*रस संक्रमणको यो बिगबिगीमा उनीहरुको वनभोजलाई धेरैले धेरै एङ्गलबाटविश्लेषण गरे । कसैले भने यो के को चटकहोला । कसैले भने काम नपाकाहरु । तर उनीहरुले यो वनभोज कार्यक्रमबाट सिक्नै पर्ने धेरै सीप र ज्ञानसिकेका छन् । समूहमा काम गर्ने सीप, नेतुत्वकला, व्यवस्थापन सीप, खानापकाउने र भाडा माझ्ने जस्ता अनगिन्ती जिवनउपयोगी सीपहरु सिक्ने मौका यो वनभोजकार्यक्रमले उनीहरुलाई दिएको छ । सिङ्गो घरपरिवारका सदस्यहरु को*रोना भाइ*रसको संक्रमणको त्रासमा रहेको बेला बालबालिका पनि यो त्रासबाट अछुतो छैनन् । यसको प्रभाव बालबालिकालाई अझबढीहुने नै भयो । तसर्थ यस्ता डर, त्रास र तनावबाटमुक्त गर्न यस्ताखाले क्रियाकलापले सघाउने गर्दछ ।
कहवात नै छ “खालीदिमाग सैतानको घर” । हाम्रो बाबुनानीको दिमागमा सैतानले घर नबनओस् भन्नका लागि केहीन केही क्रियाकलापहरु जस्तै चित्रकला, खेलकूद, छलफल आदिमा किृयाशिल बनाई राख्नु जरुरी छ । त्यसैले जोखिमबाट सुरक्षितहुने गरी यस्तै सृजनात्मक क्रियाकलापमा सरिक हुनका लागि अभिभावकहरुले वातावरणबनाइदिनु पर्छ । को*रोना भाइ*रसको संक्रमणबाट टाढा रहनकालागि नियमित सरसफाइका अभ्यास तथा परामर्श त छुटाउनै भएन ।