को*रोनाले बेलायतमा एक नेपालीको ज्यान लियो

काठमाण्डौं, चैत्र ८,
बिश्वमै महामारीको रुपमा फैलिएको को*रोना भाइरसका कारण बेलायतमा एक नेपालीको ज्यान गएको छ । पूर्ब गोरखा सैनिक लीला बहादुर राईको उपचारका क्रममा अस्पतालमा मृत्यू भएको हो । खाँदबारी नगरपालिका १० संखुवासभा घर भई लन्डन बस्दै आउनुभएका ६६ वर्षिय राईको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत जानुभएको थियो । उहाँ श्रीमती र छोराबुहारीका साथ युकेमा बस्दै आउनुभएको थियो । अहिले उहाका परिवारलाई पनि ‘आइसो*लेसन’ मा राखिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *