मनकामनाको दर्शन संगै आजको राशिफल हेरौं

आज मिति २०७६ साल चैत्र ४ गते मंगलबार।चैत्र कृष्णपक्षको अस्टमी तिथि,सन् २०२० मार्च १७ तारिख ।मेष राशि( चु,चे,चो,ला,लि,लु,ले, लो अ )आज रमाईलो यात्रा गर्ने अवसर प्राप्त हुने छ । धर्म कर्ममा मन जाने छ । पारिवारिक भेटघाटमा दिन वित्नेछ ।कुनै बिशेष कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । वृष राशि ( इ,उ, ए, ओ,वा,वि,वु,वे,वो) आजको दिन राम्रो छ । हरेक क्षेत्रमा तपाईको जित हुने छ ।हराएका चोरीएका सामान भेटिन सक्नेछ । पढाई र ब्यापारमा सफलता पाईने छ । मिथुन राशि ( का, कि, कु घ,ङ, छ,के,को, हा ) शुभकार्यको चर्चा हुने छ । कला साहित्य र कला क्षेत्रमा मन जानेछ । सापटी दिएका सरसामान प्राप्त हुनेछन् । कर्कट राशि ( हि, हु , हे, हो, डा,डि,डु,डे,डो ) सबैको साथ प्राप्त हुने छ । भाग्य बलियो बनेर आउनेछ । प्रेममा सफलता हात लाग्ने छ । सिंह राशि ( मा,मि,मु, मे, मो, टा, टि,टु,टे ) ब्यापार ब्यवशायमा सफलता मिल्ने छ । मानसम्मान तथा पुरस्कार प्राप्त हुने छ । धार्मिक तथा साहित्यक क्षेत्रमा मन जानेभएकाले आज नयाँसाथीभाई संगको परिचय र सरसंगतले दिन रमाईलो संग बित्नेछ । कन्या राशि ( टो,पा,पि,पु,ष,ण,ठ,पे,पो ) तनाब बढ्ने छ । जिद्धी गर्ने बानीले आफैलाई हानी गर्ने देखिन्छ । सामाजिक प्रतिस्ठा घट्ने छ । कुरा काट्नेहरु थपिनेछन् । शुत्रहरु बढ्नेछन् । तुला राशि (रा,रि,रु, रे, रो, ता,ति, तु ,ते ) सामुहिक कार्यमा गरिएका ब्यापारले फाईदा दिने छ । घरपरिवार र छरछिमेकको सहयोगले अल्झिएका वा रोकिएका कामहरु सम्पन्न हुनेछन् । वृश्चिक राशि ( तो,ना,नि,नु,ने,नो,या, यि,यु) मुद्धामामिलामा जित हुने छ । धर्मकर्ममा मन जानेछ । जस्ता सुकै काम पनि सम्पन्न हुनेछन् । धनु राशि (ये,यो, भा,भि,भु,धा, फा, ढा, भे ) आज शुरु गरेको काम सम्पन्न हुने छ। ब्यापारमा फाइदा हुनेछ । नयाँठाउको भ्रमण उपलब्धी हुने छ । स्वास्थ्यमा देखिएको समस्या समाधान हुने छ । मकर राशि ( भो, जा,जि, जु, जे, जो,ख, खि,खु,खे,खो,गा,गि ) झैझगडा हुन सक्ने भएकाले आजको दिन हिडडुल र बोल्दा ख्याल गर्नुपर्ने छ । प्रेमी, प्रेमिका र आफन्त जन बाटै धोका हुन सक्छ । ब्यापारमा घाटा हुने छ । कुम्भ राशि ( गु,गे,गो, सा,सि,सु,से,सो, दा ) रमाईला कार्यक्रम र खानपिनमा दिन जानेछ । पुरस्कार , प्रतिष्ठा कमाउने समय छ ।पारिवारिक मेलले पनि खाजको दिन राम्रो हुनेछ । पढाई र प्रेममा सफलता र ब्यापार नाफा हुनेछ । मीन राशि ( दि, दु, थ, झ, ञ,दे,दो,चा,चि )नोकरीमा पदोन्नति हुने छ । नयाँ ठाउको भ्रमण र भेटघाटले राम्रो सफलता प्राप्त हुने छ । ब्यापारमा नाफा हुनेछ । परिवार र साथीभाईको सहयोगले नयाँ क्षेत्रमा हात हाल्ने अवसर प्राप्त हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *