मौलाथरमा भलिवल प्रतियोगिता हुँदै

विक्रम बारघरे
पाल्पा, चैत्र ३,
माथागढीको मौलाथरमा भलिबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, शुसासन , विकास, एकता र खेलकुद भन्ने नाराका साथ प्रतिभा युवा क्लब माथागढी ४ मौलाथरको आयोजनामा प्रतियोगिता हुने भएको हो । क्लवको २३ औ वार्षिकउत्सव तथा चैते दशैको अवसरमा यहि चैत्र १८ देखी प्रतियोगितामा हुन लागेको हो ।

प्रतियोगिताको बिजयीले नगद बीस हजार, शिल्ड र प्रमाणपत्र, उपविजेताले बाह्र हजार नगद,शिल्ड र प्रमाणपत्र, तृतियले आठ हजार नगद र प्रमाणपत्र पाउने छन् । स्थानिय स्तरमा रहेका प्रतिभालाई माथि उठाउँन प्रतियोगिताले सहयोग पुग्ने क्लबका सचिब सुमन परियाले बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *