स्वतन्त्र पत्रकार संघको सचिवालय बैठक सम्पन्न

पाल्पा, फागुन २७
स्वतन्त्र पत्रकार संघको राष्ट्रिय सचिवालय बैठक तानसेनमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न बैठकले जिल्ला शाखाहरूको जेष्ठ महिनासम्म साधारण सभा गर्ने र राष्ट्रिय समितिको साधारण सभा असार २० गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।  जिल्ला शाखाहरूलाई जेष्ठ महिनासम्म राष्ट्रिय समितिमा साधारण सभाको रिपोर्ट पेश गर्न निर्देशन गर्ने, संघद्वारा वार्षिक रूपमा प्रकाशन हुँदै आएको स्वतन्त्र सन्देशलाई नियमित गर्ने , संघको अक्षयकोष विस्तारको लागि केन्द्र, प्रदेश र जिल्ला शाखाहरूमा अक्षयकोष दाताहरू पहिचान गर्ने र विभिन्न संस्थागत कार्यक्रम गरी बचत कोष वृद्धि   गर्ने र  समाज कल्याण परिषद्मा आवद्ध हुने निर्णय गरेको संघले जनाएको छ ।

संघबाट सम्पादित कार्यक्रमहरूको समीक्षा गर्दै आउने वर्षमा संस्थालाई थप क्रियाशिल बनाउने निर्णय भएको संघकी राष्ट्रिय उपाध्यक्ष अम्बिका पाण्डेले जानकारी दिनुभयो । राष्ट्रिय अध्यक्ष के.वी. मसाल, वरिष्ठ उपाध्यक्ष के.वि. सम्राट, महिला उपाध्यक्ष अम्बिका पाण्डे, महासचिव जिवलाल सुवेदी, उपमहासचिव नवराज सिलवाल लगायतको उपस्थिति रहेको बैठकमा अध्यक्ष मसालले आगामी कार्यक्रमको योजनालाई प्रभावकारी बनाउँदै जाने बिषयमा जोड दिनुभएको थियो । २०६८ सालमा स्थापना भएको स्वतन्त्र पत्रकार संघको केन्द्रीय कार्यालय पोखरामा रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *