बाँसटारीमा तेक्वाण्डोको पेटी परिक्षा सम्पन्न

पाल्पा, फागुन २४,
पाल्पाको बाँसटारीमा रहेको विइसडम तेक्वाण्डो डोजाङ्गका विद्यार्थीहरुको पेटी परिक्षा भएको छ । तानसेन –७, बाँस्टारी स्थित विइसडम तेक्वाण्डो डोजाङ्गका सेतो देखि रातो पेटी सम्मका ३० बढी विद्यार्थीहरुको परिक्षा भएको विइसडम तेक्वाण्डो डोजाङ्गका प्रमुख प्रशिक्षक देब थापाले जानकारी दिनुभयो । प्रशिक्षकहरु विष्णुबहादुर नेपाली, श्यामबहादुर गाहा, साजन पचभैया र विशाल गौतमले सहजीकरण गरेको परिक्षामा आई.टी.एफ तेक्वाण्डो जिल्ला समिति पाल्पाका उपाध्यक्ष एवम अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापा मगरले खेलका सैद्धान्तिक तथा व्यवहारिक विषयमा जानकारी दिनुभयो ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल पाल्पा आई.टी.एफ तेक्वाण्डोका खेलाडीहरुको प्रगति चुलिँदै गएको भन्दै स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागी खेलकुद भन्ने नारालाई सफल बनाउन सबैखेलाडी र अभिभावकहरु एक ठाउँमा उभिनुपर्नेमा थापाको जोड थियो ।

विइसडम डोजाङ्गका प्रशिक्षक देब थापाले खेलक्षेत्रले खेलाडीहरुलाई मर्यादित र अनुशासनको पाठ सिकाउने भन्दै यसले पढाईमा समेत राम्रो नतिजा ल्याउन मद्धत पुगेको बताउनुभयो । ५ सय बढी कालोपेटीका खेलाडीहरु रहेको पाल्पा आई.टि.एफको खेल पाल्पाका प्राय सबै निजि विद्यालयहरुमा संचालन रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *