कोरोनाको जोखिम बढेपछि समारोह र भोजभतेर नगर्न सरकारको आग्रह


पाल्पा, फागनु १९,
कोरोना भाइरसको उच्च जोखिम भएपछि नेपाल सरकारले आम सभा, सम्मेलन र भोजभतेर नगर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गर्नुभएको हो । अप्ठेरो अवस्था आए अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने भन्दै मन्त्री ढकालले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने भन्दै चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिए नेपालमा भयावह स्थिति आउने ढकालको चिन्ता छ ।
सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने समेत जनाएको छ । थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएको देशबाट आउने सबै यात्रुको परिक्षण गरिने मन्त्री ढकालको भनाइ छ । तातोपानी र रसुवागढी नाकामा पनि चिकित्सक खटाइएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *