फागुन १७ ,
छिमेकी भारतको दिल्लीमा भएको हिंसात्मक आन्दोलनमा ४२ जनाको मृत्यू भएको छ । तीन दशक यताकै सबैभन्दा खतरनाक हिंसात्मक आन्दोलनमा सयौं घाईते भएका छन् । दिल्ली प्रहरीका अनुसार हिंसात्मक आन्दोनमा संलग्न भएको आरोपमा १ सय २३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । ६ सय ३० बढीलाई नियन्त्रणमा लिइएको र २५ जनाविरुद्ध हतियारसम्बन्धी मुद्दा दर्ता भएर अनुसन्धान चलिरहेको छ । हिंसात्मक आन्दोलनमा भएको यकिन क्षति अहिले सम्म बाहिर आएको छैन । नागरिकतासम्बन्धी कानुनले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा गएको आइतबारदेखि पक्ष र विपक्ष झडप भएको हो ।