६ नेपालीको भारतमा मृत्यू

पाल्पा, फागुन ८,

धर्मका लागि सुनसरीबाट भारत गएका ६ जना नेपालीको सडक दुर्घटनामा ज्यान गएको छ । १८ जना घाइते भएका छन् । नेपाली सवार मिनीबस सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार दुर्घटनामा परेको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
अर्को बस संग ठोक्किएर सो दुर्घटना भएको भारतीय संचारमाध्ययमले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये ५६ वर्षिय गोपाल तामाङ, ६० वर्षिय विष्णु दाहाल, ४६ वर्षिय वीरबहहादुर राई, ५० वर्षिय टीकाराम र ५० वर्षिया बेलुकारी चौधरीको मात्रै नाम खुलेको छ । दुर्घटनाका घाईते अमरनाथ चौधरीका अनुसार गाडीमा ३४ जना थिए । उनीहरु गएको माघ २३ गते देखि ३५ दिनको भारतका बिभिन्न स्थानको तीर्थयात्रामा निश्किएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *