पाल्पाका एक बहादुर मगर संगै कुवेतमा ६ नेपालीको ज्यान गयो


पाल्पा, फागनु २ ,
पाल्पाका एक बहादुर गाहा मगर संगै कुवेतमा ६ जना नेपालीको मृत्यूभएको छ । बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको ज्यान गएको हो भने दुई जना नेपालीहरु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गंभिर रहेको र एक जना उपचार पछि कम्पनीमा फर्किएका छन् ।  दुर्घटनामा ज्यान गुमाएका पाल्पाका एक बहादुरको ठेगाना खुलेको छैन । सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरीको खनाखत भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना मृतकको परिचय खुलेको छैन । दुर्घटनामा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते छन् । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको छ भने मण्डल उपचारपछि कम्पनीमा फर्किएका छन् । कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी बाट उनीहरु अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । निर्माणस्थलको ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको सो दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *