देब पचभैया
पाल्पा, माघ २०,
बरिष्ठ कलाकार तथा समाजसेवी ब्रम्हशेखर बज्राचार्यको सोमबार बिहान निधन भएको छ । तानसेन भिमसेनटोल निवासी हाल बडिज्ञानटोलमा बस्दै आउनुभएका ८९ बर्षिय बज्राचार्यको उपचारको क्रममा तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा निधन भएको छिमेकी तथा ज्ञानमाला संघ, आनन्दबिहारका निवर्तमान अध्यक्ष बिनयराज बज्राचार्यले जानकारी दिनुभयो । पुरोहितका रुपमा समेत परिचित ब्रम्हशेखर गायक तथा तलबा बाधक पनि हुनुहुन्थ्यो । उति बेला महिलाहरु नाँचगान गर्नु हुदैन भन्ने मान्यता तोड्न तानसेनका जात्राहरुमा महिलाको भेषमा नृत्य गर्ने कालाकारका रुपमा समेत उहाँलाई धेरैले चिन्ने गरेको पाल्पा उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
तानसेनको भबिश्य र बिकास प्रति निकै चिन्तित ब्रम्हशेखर कला र संस्कृति संरक्षणमा सधै अगाडी रहेको श्रेष्ठको भनाई छ । हराएको भजन जोगाँउन उहाँकै नेतृत्वमा केही बर्ष अघि तानसेन भजन संरक्षण समितिको गठन भएपछि अहिले हरेक शनिबार भगवती मन्दिर प्राङगढमा भजनकृतन चलिरहेको स्थानीयले जनाएका छन् । तानसेन स्थित ज्ञानमाला संघ, आनन्दबिहारका पूर्ब उपाध्यक्ष, धर्मचक्रमहाबिहारको चुडाकर्म व्रतबन्ध संघका दोस्रो पुजारी समेत रहनुभएका बज्राचार्यका दुई छोरा, बुहारीहरु र चार नाति नातिना छन् । स्वर्गिय ब्रम्हशेखरको सोमबार दिउँसो राम्दीघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।