फेरिदै १२ सम्मका पाठ्यक्रम, अनिवार्य विषयबाट गणित हटाइएकोमा आपत्ति


काठमाण्डौं, माघ १५,

कक्षा १२ सम्मका पाठ्यक्रम परिबर्तन हुँदा गणित बिषयलाई अनिवार्य बाट हटाइने भएको छ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भए पछि अनिवार्य बिषयबाट गणितलाई हटाउन थालेकोमा बिज्ञहरुले बिरोध जनाएका छन् । पाठ्यक्रम विकासकेन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७÷७८ मा कक्षा १ र १२ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा कक्षा २,३, ६ र १२ को परिवर्तन हुने जनाइएको छ । त्यसपछि कक्षा ४, ५ तथा ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुनेछ । २०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिनुभयो । शिक्षा ऐनले कक्षा ११ र १२ लाई पनि विद्यालय संरचनामा गाभेपछि नयाँ पाठ्यक्रम बनाइएको हो । ऐन संशोधन हुनुअघि कक्षा १० सम्मलाई मात्र विद्यालय संरचना मानिएको थियो ।
११ र १२ लाई उच्च माध्यामिक तह भनिन्थ्यो । परिवर्तित पाठ्यक्रमअनुसार दुवै कक्षामा तीनवटा अनिवार्य र तीनवटै विषय ऐच्छिक हुनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अनिवार्य गरिएको छ । कक्षा १२ मा पनि अंग्रेजी, नेपाली र जीवनउपयोगी विषयलाई अनिवार्य बनाइएको छ । विज्ञहरुले भने कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा बिरोध गरेका छन् । गणितलाई एच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *