तत्कालिन एमाले र माओवादीको जनजाति महासंघ एक भए, अध्यक्षमा सुरेश आले


देब पचभैया
पाल्पा, माघ १३ ,
तत्कालिन एमाले र माओबादी निकटका आदिवासी जनजाति महासंघ एक भएका छन् । पार्टी मिलेको यतिका समय भएपनि दुईवटा संगठन बल्ल एक ठाउमा उभिएका हुन् । पार्टी एक हुनु अघि एमालेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र माओबादीको आदिवासी जनजाति राष्ट्रिय महासंघ रहेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सोमबार काठमाण्डौं स्थित राष्ट्रियसभा गृहमा सम्पन्न एकता घोषणासभाले सुरेश आले मगरको नेतृत्वमा २६१ जना सदस्य रहने गरी नेपाल आदिवासी जनजाति महासंघ नेपालको निर्माण भएको हो । सभाले सहसंयोजकमा शेर बहादुर तामाङ लाई चयन गरेको छ । महासंघको कार्यसमिति सदस्य २ सय ५९ मध्ये पाल्पाका बसन्त घर्ती मगर र लिला सोमै , रुपन्देहीका कुमार थापा, गुल्मीका ज्ञानेन्द्र पुन, अर्घाखाचीका नरेन्द्रमान मुखिया, नवलपरासीकी सिन्धु जलेशा बुढाथोकी, दाङ्गका राम प्रसाद चौधरी, शान्ता चौधरी र ईन्द्रजित थारु पनि चयन हुनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *