अब देखि परिक्षा पास भएमात्रै पत्रकार बन्न पाउने


काठमाण्डौ, माघ १३,

अव पत्रकार बन्न पनि परिक्षामा पास हुनुपर्ने भएको छ । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिए पछि पत्रकार बन्न पास हुनुपर्ने भएको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पत्रकारिता पेशामा रहेकाको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमति सहित विधेयकमा पारित गरिएको छ । सभापति परशुरामका अनुसार दण्ड जरिबानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उलंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको छ । काउन्सिलको अध्यक्षमा सर्वेच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको छ । यस्तै सदस्यका लागि १० वर्षको अनुभव र कम्तिमा स्नातक तह उतिर्ण गरेको व्यक्ति हुनुपर्ने नियम बनाइएको छ । समितिमा प्रादेशिक प्रतिनिधित्व, विधागत प्रतिनिधित्व पनि सुनिश्चित गर्ने सहमति भएको सभापति गुरुङले बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *