श्रीकृष्ण क्षेत्रीको मौसमले च्यालेन्ज गर्यो बजारमा


सन्तोष बस्याल,
पाल्पा माघ १३,

चर्चित गायक एवम् सर्जक श्रीकृष्ण क्षेत्रीको “मौसमले च्यालेन्ज गर्रो ” नामक गित बजारमा आएको छ । नयाँ अनि पृथक शैलीको यो गितमा क्षेत्रीकै शब्द, संगीत र स्वर रहेको छ । प्रेममा असफलता, दैनिक कामको बोझ, घर परिवार संगको पिडा, काममा असफलता लगाएका समस्याले यूवाहरुले भोक्ने पिडालाई गितमा उतारिएको छ ।

सामाजिक सन्देश दिइएको आधुनिक लोकपपमा पिडाको निहुमा मादक पदार्थ सेवनले पुरयाउने हानी र प्रतिष्ठामा आउने आँचलाई भिडियोमा उतारिएको छ । चर्चित निर्देशक होम धितालको निर्देशन, मरुभूमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको गीतमा होम धिताल, श्रीकृष्ण क्षेत्री, रिचा थापा, जनक कार्की र दिल कुमार रम्तेलको अभिनय रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *