मकाउ मगर संघको अध्यक्षमा शमशेर थापा, महासचिवमा सुर्यकुमार


देब पचभैया
पाल्पा, माघ ९,
मकाउँ मगर संघको अध्यक्षमा शमशेर थापा सर्वसम्मत हुनुभएको छ । मकाउमा रहेका मगरहरुको भेलाले हिरा थापा उपाध्यक्ष, सुर्यकुमार थापा महासचिब, शालिक बगाले सचिब र नितु थापालाई कोषाध्यक्षमा चयन गरेको छ । १७ सदस्यीय मकाउ मगर संघमा अनिल दर्लामी, रनबिर थापा खपाङगी, मान बहादुर थापा, बिजय सिं थापा, निरन थापा, इश्वर पुन, त्रिपक श्रीस, भुवन पुन, प्रभुदास थापा, राम बहादुर राना निर्मला थापा र दिपक श्रीसलाई सदस्यमा चयन गरिएको नवनिर्वाचित सचिव शालिक बगाले मगरले जानकारी दिनुभयो ।
मगर संघ हङकङ्गकी अध्यक्ष युगमाया रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकाउमा रहेका मगरहरुको उत्साहजनक सहभागीता थियो । कार्यक्रममा सहभागी मगर संघ हङकङका सल्लाहकार एवम् हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना मगर, मगर संघ हङकङका सल्लाहकार तथा जनसम्पर्क समितिका पूर्ब सभापति बसन्त श्रीनेत लगाएतका पाहुनाहरुले मगाउँ मगरसंघको नयाँ समितिलाई बधाई तथा सफल कार्यकालका लागी शुभकामना दिनुभएको थियो । नवगठित मकाउ मगरसंघले मगरहरुको भाषा, संस्कृति र रहनसहनको संरक्षण र र मगरका हक अधिकार प्राप्ती संगै रक्षाका लागी सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *