काठमाण्डौं, माघ ९,
मकाउमा रहेका मगरहरुको भेलाले शमशेर थापा मगरको अध्यक्षतामा १७ सदस्यीय मकाउ मगर संघको गठन गरेको छ । मगर संघ हङकङ्गकी अध्यक्ष युगमाया रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकाउमा रहेका मगरहरुको उत्साहजनक सहभागीता थियो । कार्यक्रममा सहभागी मगर संघ हङकङका सल्लाहकार एवम् हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना मगर, मगर संघ हङकङका सल्लाहकार तथा जनसम्पर्क समितिका पूर्ब सभापति बसन्त श्रीनेट लगाएतका पाहुनाहरुले मगाउ मगरसंघको नयाँ समितिलाई बधाई तथा सफल कार्यकालका लागी शुभकामना दिनुभएको मगर संघ, हङकङका महासचिव नन्द बहादुर रानाले जानकारी दिनुभयो ।