पाल्पा, माघ १ ,
मलमासका कारण २०७७ सालको दशैँ र तिहार २५ दिन पछि परेको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ ।
यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले जानकारी दिनुभयो । समितिका अनुसार तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवद्र्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको छ । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत घटेर १५ दिन मात्रै छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।