पाल्पा, पौष २०
सडक दुर्घटना रोक्न जिल्ला ट्राफिक प्रहरी, कार्यालय पाल्पाले संचालन गरेको एकहप्ते अभियान सम्पन्न भएको छ । जिल्लाका बिभिन्न स्थानमा चेतना मुलक पोष्टर वितरण, सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई चेतनामुलक प्रशिक्षण सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाका प्रमुख पृथ्वी काफ्ले जानकारी दिनुभयो । प्रमुख काफ्लेका अनुसार जनचेतनामुलक होर्डिङ् बोर्ड, सडक र सवारीको भार क्षमता अनुसार सामग्री ढुवानी भए÷नभएको समेत अभियानमा जाँच गरिएको थियो ।
भिडियो सामाग्री प्रर्दशन संगै ६ हजार बढी पर्चा पम्ल्पेट बितरण भएको , ८ सय स्टीकर टासिएको र अभियानका क्रममा २ लाख १० हजार ५ सय राजश्व रठेको प्रहरीले जनाएको छ । अभियानपछि जिल्लामा दैनिक जसो हुने सवारी दुर्घटनामा कमी आउने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख , प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयो । अभियानका क्रममा सवारी चालक र यात्रु समेत ट्राफिक नियमका बारेमा खासै सचेत नभएको, रोडपरमित नभएका बाटाहरुमा समेत सवारी चलाइएको लगाएतका समस्या भेटिएको जिल्ला प्रहरी प्रमुख जिसीले बताउनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।