विक्रम वारघरे ( पाल्पा)
सदा जस्तै कामवाट घर फर्किए । शरीरमा थकाई थियो तर मनले एकछिन फेसबुकतिर आँखा नलगाई सुत्न मानेन । काम दिउँसो मात्र भएकाले विहान अबेरसम्म सुत्न पाईन्थ्यो । फेसबुकमा २ वटा म्यासेज आएको रहेछ । एउटा साथिहरुसंगको गु्रपको म्यासेज अनि एउटा विलासाको । गु्रपको म्यासेजसंगै विलासाको म्यासेजको पनि जवाफ दिए ।
सन्चै हुनुहुन्छ ः ? म्यासेजको रिप्लाई आयो
उनलाई अनलाईन देखिन तर मैले रिप्लाई गरेको केही छिनमै उनको रिप्लाई आयो , सायद उनी अफलाईनवाट चलाउदै थिईन होला ।
अ तिमी ? म पनि, के गर्दै हुनुहुन्छ ? तिम्लाई सम्झिदै अनि तिमी ? म्यासेजको गाडि भर्खर कुद्न लाग्दैै थियो, गियर एकैचोटी वढाईदिए । रिप्लाईमा विलासाले भने ईमोज मात्र पठाई ।
म त तिमीसंग जिन्दगी विताउने निधो गरिसके नि विलासा , तिमी के भन्छौ ? म्यासेजको गियर अझ वढाए ।
??
विलासाले फेरि ईमोज पठाई उनले पनि ईमोजको गियर वढाई एकवाट दुई, म्यासेजहरु बुुझ्न गाह्रो लाग्छ मलाई , मान्छेहरु रिसाए पनि खुशि मुद्राको म्यासेज गर्छन्, त्यसमाथि ईमोजमा पठाईएका म्यासेजहरु वुझ्न झन् गाह्रो लाग्छ मलाई । हुन त साङकेटिक भाषा सबैभन्दा सजिलो भाषा हो भन्छन तर मेरो लागि भने त्यतिवेला ईमोज पहाड वनेर उभिएको थियो । यो ईमोजको रिप्लाईलाई के भनेर वुझौ विलासा, प्रश्न गरे , उत्तरमा फेरि त्यहि ईमोज दोहोरियो । तिमी सहमत छैनौ भनेर वुझौ उसो भए ?
??
रिप्लाईमा ईमोज मात्र दोहोर्याइहि । म भने प्रश्न गरिरहे । भन न ? हजुरले जे सोच्नु हुन्छ त्यहि ?
ईमोजको रिप्लाई सकिएछ क्यारे । शव्दमा रिप्लाई गरिन । उसो भए तिमी सहमत छौ भनेर वुझौ ?
हजुरले जे सोच्नु हुन्छ त्यहि ? म्यासेजको रिप्लाई नयाँ आयो तर शव्दहरु भने उहीँ पुरानो । यत्तिकैमा ग्यापमा म्यासेज आयो ।
के हो कोसंग वि.जि. हो अतीत ? कोईसंग हैन यत्ति लेखेर ग्यापमा म्यासेज पठाए । ग्यापमा केटाहरु उडाउने काम हुँदै थियो । साथिहरुलाई उडाउन म पनि माहिर थिए । कहिले साथिहरुले आफुलाई उडाउथे । कहिले काहीँ भने निकै भावुक कुराहरु हुन्थे ।
भनेसी तिमी तयार छौ भनेर सोचे है म ? अनि मलाई जस्तै कतिलाई भन्नू भयो त अहिलेसम्म? के कुरा ?
जिन्दगी तिमीसंगै विताउछु भनेर कतिलाई भन्नुभयो भनेको ? ?
ईमोज पठाए मैले । भनेसी एकजनालाई भन्नू भयो भनेर वुझौ म ? रिप्लाई पठाई तिमी जे सोच्छौ त्यही
??
दुईवटा ईमोज पठाई उसले । अ एकजना थिई , मोरीले छोडेर गई ..हजुरले छोड्या कि उसले छोड्या ? म कसैलाई दोष दिन चाहान्न विलासा ? मतलव सम्बन्ध जोडिनुमा दुवैको हात हुन्छ नि , छुटिनुमा पनि केही न केही दुवैको हात नहोला र ?
सायद भैगो छाड, वितेका कुरा सकिए, अनि खाना खायौ ?
अ खाए , हजुरले ? म पनि
अनि लेखकहरु ढाट्न खुप सिपालु हुन्छन रे नि त ? सायद होलान् । तपाईं पनि त हो ?
दुई चारवटा शब्द लेख्दैमा लेखक काहा भईन्छ र विलासा ? तर पनि लेख्नु हुन्छ नि तपाईं नि ? विन्ति मलाई लेखकको पद नदेउ ।
हस ??
रिप्लाईसंग दुईवटा ईमोज पठाई उसले ।
कोलोराडोतिर हिउ पर्न सुरु हुँदै थियो । त्यहि कोलोराडो भित्र पर्नि अउरोरा काहाँ वाट अछुटो रहन सक्थ्यो र ? मोवाईलमा रहेको वईडर एप्सले विहिवार हिउँ पर्ने अपडेट देखायो । हिउँ पर्ने दिनहरु बिस्तारै नजिकिदै थिए । म हिउँ पर्ने दिनको पर्खाइमा थिए । सबै कुरा नयाँ थिए मेरो लागि । जिवनमा पहिलो पटक हिउँ परेको प्रत्यक्ष देख्दै थिए । रुखका पातहरु कोही राता त कोही पहँेला हुँदै थिए । पातहरु रुखवाट छुटिएर जानू पुर्व पातलाई सुन्दरता दिईरहेका थिए । विलासा पनि ती रुखका पातहरुले जस्तै मेरो जिवनमा सुन्दरता थप्दै थिईन । मनमनै डर थियो ती पातहरुले जस्तै मलाई छोडेर गई भने । छोटो समयमा विलासा मलाई प्रिय लाग्न थाल्यो । जिवनमा कहिल्यै भेटेको हैन , देखेको पनि छैन । देखेको छैन भन्दा अन्याय होला तस्विरमा देखेकोे छु । आवाज सुनेको छु धेरै थोरै उनलाई चिन्ने भएको छु । गोरो अनुहार , लामो कपाल, अनुहारमा मिठोे मुस्कान सायद ५ फिट उचाई होला । विलासा संग एकतर्फि भए पनि प्रेम हुन थालेको छ । उनका म्यासेज , उनले पठाएका शव्दरहरु प्रिय लाग्छन् । अरुरोरामा वईडर एप्सले देखाए जस्तै विहिवार हिउँ पर्यो । माइनस ६ ड्रिग्रिसम्म तापक्रम आईपुग्यो । झ्यालवाट बाहिर आँखा डुलाए, सबैतिर हिउले ढाकेर सेताम्य वनेको थियो । रुखहरु पात झरेर नाङ्गा थिए ।
पहिलोपटक उबर (ट्याक्सी ) चढेर काममा गए ।
ट्याक्सिमा बसेसंगैै हेल्लो, हाउ आर यु ?
भन्दै उबर ड्राईभरले सोधे । गुड एन्ड यु ? आफुले जाने जति अङ्ग्रेजी वोलिदिए । गुड , डु यु लाईक स्नो ?
उसले फेरि प्रश्न गर्र्यो । या , आइएम् सो । एक्साईटेड विकअज, डिस ईज फस्ट टाईम फर मि ।
ओ, रियल्लि ? होयर आर, यु फ्रम ?
नेपाल , डिड यु भिजिट नेपाल, माउन्ट एभरेष्ट , वर्थ प्लेस अफ वुद्ध ? आफुले जानेसम्म अङ्ग्रेजीमा नेपालको वारेमा भन्दिए । आफुलाई थाहा भएको तर जाने मौका नमिलेको उसले वतायो । यो विचमा अन्य कुरा पनि भए । जानि नजानि अङ्ग्रेजीमा वुझाउने प्रयास गरे । उबर ड्राईभरले हिउँ छल्दै गाडि अगाडि वढाउदै थियो म भने झ्यालवाट देखिने हिउहरुसंगै विलासासंगको कल्पनामा हराए । मनमनै कल्पना गर्न थाले हरेक विहान गुडमर्निङसंगै उनले पठाउने चियाको कप वास्तविक जिवनमा घरवाट हिउ नियाल्दै संगै खाने दिन कहिले आउला है । गाडी रोकियो कल्पनामा डुवेछु झल्यास्स भए । काम गर्ने ठाउँ आईपुगेछ ।
ह्याभ गुड डे , सि यु सर । यत्ति भन्दै ड्राईभरले ढोका खोलिदियो ।
थ्याङक्यु सर , सि यू भन्दै काम गर्ने ठाँउतिर लागे ।
??
छिमेकीको घर अगाडि रुखहरुको विचमा एउटा हिमाली सल्लो छ । अरु रुखका पात झरे पनि हिमाली सल्लो सधै हरियाली हुन्छ । सायद दुुखका विचमा सङघर्ष गर्न सिक्यो उसले । अब उसलाई हिउले जति चिसो वनाए पनि अब कहिल्यै हार मान्ने छैन । सायद विलासासंगको मेरो प्रेम पनि त्यो सल्लो जस्तै हरियालि वनिरहोस । यदि विलासाले मेरो प्रेम स्विकार नगरे पनि मेरो एकतर्फि प्रेममा भने उनी सधै हरियालि रहिरहनेछिन । प्रिय विलासा तिम्रो र मेरो सम्वन्धमा जति नै हिउँ परे पनि तिम्रो साथ पाए भने त्यो सल्लो जस्तै सदावहार हाम्रो प्रेमलाई हरियो वनाईराख्नेछु ।
??
विहानको आलाराम वजेसंंगै झल्यास्स विउझिए । १० वजिसकेछ । थुईक सपना पो देख्या रैछुु विउझिदा पो थाहा भयो । विहिवार आउन त अझै ५ दिन बाँकि नै रहेछ । वल्ल शनिवार पो भएको रहेछ । हतार हतार खाना वनाए , खाए । एकचोटी सपनालाई सम्झे , एक्लै हासे अनि कामतिर लागे ।
पाल्पाको श्रीनगर एफ,एममा केही बर्ष कार्यक्रम प्रस्तोता रहेका लेखक बारघरे हाल अमेरिका छन् । उनलाई फेसबुकमा भेट्न सकिन्छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।