मंशिर २६, सिड्नी
नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा विशेष तयारी सुरु भएको छ । अस्ट्रेलियामा भएका नेपाली कुटनीतिक नियोगहरु आफ्नो अनुकूलतामा नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारीमा छन् । गैरआवासीय नेपाली संघसहित अष्ट्रेलियाका नेपाली सामाजिक संघसंस्था र व्यवसायीहरु ती नियोगका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी हुने तयारीमा छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आफ्ना सदस्य खेम शर्माको संयोजकत्वमा ‘नेपाल भ्रमण वर्षको पहिलो दिनमै नेपाल पुगौं’ भन्ने अभियान सुरु गरेको छ ।