जाडोयाममा चाडै फैलिन्छ भाइरस

काठमाण्डौं, मंशिर २६
अहिले जाँडो बढ्दै छ । जाडोयाममा रुघा, खोकी, घाँटी सम्बन्धी समस्या हुन्छ । त्यसैले जाडोबाट बच्न, तातो खानेकुरा खान र बाक्ला लुगा लगाउनन स्वास्थ्यकर्मीले सुझाब दिन्छन् । तर, एउटा त्यस्तो संक्रमण जुन जाडोयाममा तीब्र गतिमा फैलन्छ र तीब्र रुपले शरीरलाई प्रभावित गर्छ । जसलाई नोरोभाइरस भनिन्छ ।
के हो नोरोभाइरस र यो कसरी फैलन्छ ?
सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सका अनुसार नोरोभाइरस एक प्रकारको भाइरस हो, जुन अति नै संक्रामक हुन्छ । यसले गर्दा वान्ता र डाइरियाको समस्या हुन्छ । त्यसो त यो संक्रमण कुनै पनि मौसममा हुन सक्छ । तर, जाडो मौसममा यो तीब्र गतिमा फैलन्छ ।
यो भाइरसले कुनै पनि व्यक्तिलाई कुनै पनि मौसममा र जहाँ पनि आक्रमण गर्नसक्छ । यो भाइरस संक्रमित भोजन र पानीको सेवनले फैलन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आउनाले पनि फैलिन सक्छ । यस बाहेक संक्रमित ठाउँहरुमा छुनाले र त्यही संक्रमित हातहरुले केही खाना अथवा मुखमा छुनाले पनि नोरोभाइरस शरीर भित्र प्रवेश गर्न सक्छ ।
नोरोभाइरसको लक्षण
– बान्ता हुने, डायरिया हुने, पेट दुख्ने र बान्ता आउला जस्तो भइरहनु नोरोभाइरसको सबैभन्दा सामान्य लक्षणहरु हुन् । यसबाहेक यसकारण फुड पोइजनिङ पनि हुनसक्छ ।
– यो संक्रमण हुँदा बिरामीलाई ज्वरो आउने, शरीर धेरै दुख्ने र टाउको दुख्ने जस्ता समस्याहरु पनि हुनसक्छ ।
– मांसपेशीहरु दुख्न थाल्छ र शरीर काप्न थाल्छ ।
– नोरोभाइस भोजन र पानीको माध्यमबाट सजिलै फैलन्छ र स्वास्थलाई धेरै प्रभावित गर्छ । बृद्ध(बृद्धा र बालबालिकाहरुको रोग प्रतिरोधक क्षमता कम हुन्छ । जसका कारण यस्ता व्यक्तिहरुमा भाइरस धेरै छिट्टो प्रभावित हुन्छ ।
नोरोभाइरसबाट कसरी बच्ने ?

नारोभाइरस शरीरमा पानीको मात्रा कम भयो भने धेरै सक्रिय रहन्छ । त्यसैले शरीरमा पानीको मात्रा कम हुन सफा पानी र जुस पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । सरसफाईमा पूर्ण रुपले ध्यान दिनुपर्छ र संक्रमण प्रभाव भएपछि सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन ।
फलफूल र तरकारी राम्रोसँग धोएर प्रयोग गर्नुपर्छ यसको साथै हातलाई पनि बारम्बार राम्रोसँग धुनुपर्छ । संक्रमण भएको व्यक्तिले खाना पकाउनु हुँदैन । संक्रमण ठिक नभएसम्म भान्सा र खाना पकाउने कामबाट टाढा रहनुपर्छ । नोरोभाइरसको संक्रमित भएको कुरा १२ देखि ४८ घण्टा भित्र थाहा हुन्छ र बिमारी ठिक हुन एकदेखि तीन दिन लाग्न सक्छ । तर, तीन दिनसम्म पनि बिरामी ठिक भएन भने डाक्टरलाई जँचाउनुपर्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *