साग प्रतियोगितामा पदक विजेता खेलाडीलाई ९ लाख पुरस्कार

काठमाण्डौं, मंशिर २५

साग प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले ९ लाख पुरस्कार दिने भएको छ ।
दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । रजत पदक विजेतालाई जनही ६ लाख रुपैयाँ र कांस्य पदक विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने वलीले घोषणा गर्नुभयो । एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ । फुटबल लगायत विभिन्न टिम इभेन्टमा स्वर्ण जित्ने प्रति खेलाडीलाई ५ लाख रुपैयाँ दिने पनि घोषणा गरिएको छ । टिम इभेन्टमा रजत र कांस्य पदक जित्ने खेलाडीलाई कति दिने भन्नेबारेमा भने पछि निर्णय गरिने जनाइएको छ । १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *