टिम दीपबाट आउट भएका राम लिम्बुले जिते भ्वाइस अफ नेपाल


काठमाण्डौं, मंशिर २२
‘दि भ्वाइस अफ नेपाल सिजन २’मा टिम दीपबाट आउट भएका राम लिम्बुनै अन्तिममा आएर बिजयी हुनुभएको छ । आउट भैसकेका रामलाई कोच प्रमोदले स्टिल (बचाउनु) भएको थियो । शनिबार अन्तिम चारबाट विजेता चयन गरिएको हो । हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शोको दोश्रो सिजनको विजेता बन्नु भएका राम कोच प्रमोदको टिमबाट प्रतिस्पर्धामा रहनुभएको थियो ।

अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ प्रतिस्पर्धामा रहेका थिए । तिनै चार जनाले गरेका प्रस्तुति र दर्शकको भोटिङको आधारमा विजेता घोषणा गरिएको आयोजकले जनाएका छन् । बिजेता लिम्बुले कार संगै म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर पाउनुभएको छ । काठमाण्डौमा रहेको हायात होटलमा फाइनल कार्यक्रम भएको थियो । दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत कोच रहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’मा शयौ कलाकारले प्रतिस्पर्धा गरेका थिए । गरिब परिवारमा जन्मिएका राम लिम्बुलाई आफ्नै भाईले आर्थिक सहयोग गरी नेपाली कलाकारीता क्षेत्रमा टिकाएका थिए । बिजयी लिम्बुले आफूलाई माया गर्ने र भोट दिने सबैलाई धन्यबाद दिनुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *